काठमाडौँ, मङ्सिर ९ । सप्तरीको रुपनी गाउँपालिका–६ मिलनचोकमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति करिब १ः३० बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार जंगलबाट हात्ती गाउँ पसेको थाहा पाएपछि श्रेष्ठ घरबाहिर निस्किनुभएको थियो । सोही क्रममा हात्तीले उहाँमाथि आक्रमण गरेको थियो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार अघिल्लो रात पनि जंगली हात्ती गाउँ पसेर क्षति पुर्याएको थियो ।
लगातार हात्ती गाउँ पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।













प्रतिक्रिया दिनुहोस्