सुर्खेत, मङ्सिर ९ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच विधाका खेलमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताअन्तर्गत सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलका खेल सञ्चालन हुनेछन् ।
त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना हुने कार्यक्रम रहेको छ ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्