काठमाडौँ, मङ्सिर १० । कतारमा आयोजित एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो। प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो। तीनमध्ये दुई खेलमा हार बेहोरेको नेपालले एक खेलमा जित निकालेको थियो।
नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित भएको थियो भने संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराएको थियो।
नेपाली टोली अब आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ। उक्त प्रतियोगिता मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ।













प्रतिक्रिया दिनुहोस्