जनता टाइम्स

२१ पुष २०७६, सोमबार १२:२३

सुनको भाउ अझै केही दिन बढ्ने, सोमबार अहिलेसम्मकै उच्च


काठमाडौं, पुष २१

अमेरिकी–इरानबीचको तनावका कारण बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । दुई देशको द्धन्दका कारण व्यापारीले सुनमा लगानी बढाउन थालेपछि भाउ बढ्न थालेको हो । द्धन्दको असर नेपालमा पनि देखिन थालेको छ ।

नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ रेकर्ड कायम राखेको छ । आइतबार तोलाको ७५ हजार ५०० पुगेको सुनको मूल्यमा ५ सय बढेर ७६ हजार कीर्तिमानी मूल्य कायम भएको हो । यस्तै तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ ।

सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो क्रम सुनको मूल्यमा भारी वृद्धी भएको छ । अमेरिका इरानबिचको द्धन्द्ध बढ्दै जानु, खाडी मुलुकमा तनाव, डलर मजबुत हुनु र भारतिय मुल्य कमजोर हुनुले सुनको मूल्य बढ्दै गएको छ । नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।