जनता टाइम्स

२१ पुष २०७६, सोमबार १६:३९

अष्ट्रेलियाको डढेलोबाट पुगेको धनजनको क्षतिप्रति परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दु:ख प्रकट


काठमाडौं, पुष २१

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अष्ट्रेलियाको जंगलमा लागेको डढेलोले पु¥याएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । सोमबार टिवट गर्दै उहाले डढेलोले पु¥याएको क्षतिप्रति अष्ट्रेलियाली सरकार र त्यहाका जनतामा परेको गहिरो दु:खप्रति समवेदना प्रकट गर्नुभएको हो ।

अष्ट्रेलियाको विभिन्न भागमा फैलिएको डढेलोले जनधन र लाखौ जनावरहरु, वनस्पती, जीवजन्तुसाथै भौतिक पुर्वाधारको अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाले यसप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् ।

युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरहरुको संख्या पनि उत्तिकै छ । केही जनावर त लोप हुने खतरामा छन् ।