जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १६:३५

दिलीपको हत्यामा संंलग्नताको आशंकामा टिपर चालक पक्राउ


धनुषा, पुष २५

प्रहरीले जनकपुरका दिलीपकुमार महतोलाई किचेर मारेको आरोपमा टिपरका चालकलाई पक्राउ गर्न सफल भएको छ । घटना भएको १० घण्टा पनि नबित्दै फरार रहेका टिपर चालकलाई पक्राउ गर्न सफल भएको हो ।

मिथिला नगरपालिका– ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङवाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो। अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको मृत्यु रहस्यमयी भएको र हत्यारालाई बचाउन प्रहरी प्रशासनसमेत लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन् ।

दिलीपलाई किचेर मारेर लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । उनलाई ढल्केबर नजिकबाट पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनु भयो ।