जनता टाइम्स

४ माघ २०७६, शनिबार १९:०९

राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपाको ह्विप


काठमाडौं, माघ ४

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ह्वीप जारी गरेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तालमेल गर्दै दुई–दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन् । ‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले निर्देशन दिएका छन्। यो ह्विप प्रदेश सांसदमात्र होइन गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखलाई पनि लागु हुनेछ ।