काठमाडौं, माघ ८ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई जरिवाना गर्ने प्रस्ताव गरेको छ ।
मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा ३ हजार, निषेधित क्षेत्रमा हर्ज बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई १ हजार जरिवाना लिने व्यवस्था गरेको छ ।
त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएमा पाँच हजार जरिवाना गर्ने प्रावधान पनि राखिएको छ । ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना गर्न प्रस्ताव गरिएको छ । नयाँ विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रूपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्