काठमाडौं, माघ १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा आजबाट अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । बुधबार उदघाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आजबाट समूहगत छलफल सुरु भएको हो ।
समुहगत छलफलमा सचिवालयका नेताहरु भने सहभागी नहुने निर्णय भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालयका नेताहरु केन्द्रीय कमिटीको छलफलमा उत्रन नपाइने निर्देशन दिनुभएपछि ९ जना नेता नै सहभागी नहुनुभएको हो । छलफलका लागि १५ समूह विभाजन गरिएको छ । अहिलेसम्म १४ समूहले टोली नेता पाएका छन तर १० नम्बर समूहमा भने नेतृत्व विवाद हुँदा टोली नेता चयन हुन सकेको छैन । टोली नेता चयन नभए पनि छलफल भने सबै समूहले सुरु गरेका छन । महेश बस्नेत, यज्ञराज सुनुवार, युवराज चौलागाईं, माधव सापकोटा, युवराज दुलाललगायतका नेता सहभागी १० नम्बर समूहमा टोली नेतामा कुरा नमिलेको हो ।
अन्य १४ समूहले भने टोली नेता र उपनेता चयन भएका छन । अहिलेसम्म विन्दा पाण्डे, उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेता चयन हुनुभएको छ ।
कुन समूहमा को ?
समूह १ मा दुईजना टोली नेता बनेका छन । उर्मिला अर्याल र आनन्द पोखरेललाई नेता बनाइएको हो । समूह २ मा कमला रोकाले नेतृत्व पाउनुभएको छ भने कृष्णध्वज खड्का र कृष्ण राई उपनेता बन्नुभएको छ । यस्तै समूह ३ मा खिमलाल भट्टराई नेता बन्नुभएको छ । समूह चारमा जगन्नाथ खतिवडा, समूह पाँचमा ठाकुर गैरे टोली नेता बन्नुभएको छ । समूह ६ मा दिनानाथ शर्मा टोली नेता बन्नुभएको छ भने सोही समुहमा देवेन्द्र दहाल, देवी खड्का र देवी ज्ञवाली उपनेता बन्नुभएको छ ।
समूह ७ मा पुर्णकुमारी सुवेदी टोली नेता बन्नुभएको छ भने निरज आचार्य उपनेता बन्नुभएको छ । समूह ८ मा विन्दा पाण्डे टोली नेता र बलराम बास्कोटा उपनेता बन्नुभएको छ । यस्तै समूह ९ मा भगवती चौधरी नेता र भाष्कर काफ्ले उपनेता, समूह ११ मा राजेन्द्र राई र समूह १२ मा रेणु दाहाल नेता बन्नुभएको छ ।
यस्तै समूह १३ मा लेखनाथ न्यौपाने नेता र सावित्रा भुसाल उपनेता, १४ नम्बर समूहमा राम कार्की नेता र शिवमाया तुम्बाहाङफे उपनेता बन्नुभएको छ । यस्तै १५ नम्बरमा हिमाल शर्मा टोली नेता बन्नुभएको छ भने सावित्रा भुसाल उपनेता चयन हुनुभएको छ । समुहगत छलफलको निष्कर्ष टोली नेताले बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्