जनता टाइम्स

२३ माघ २०७६, बिहीबार १२:३९

गच्छदारलाई नियोजित रुपमा फसाइएको कांग्रेसको निष्कर्ष, पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै


काठमाडौं, माघ २३

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई नियोजित रुपमा बालुवाटार जग्गा प्रकरणमा फसाइएको निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज विहान कानुन व्यवसायीसँग छलफल गरेका कांग्रेसका शिर्ष नेताले गच्छदारलाई नियोजित रुपमा फसाइएको ठहर गरेको हो । कांग्रेसले यसअघि आफताब आलमविरुद्ध पनि शुरुवातमा यस्तै धारणा सार्वजनिक गरेको थियो ।

बैठकमा सहभागी सहमहामन्त्री प्रकाशशरण महतले गच्छदारमाथी मुद्दा चलाउनु गलत र बेठीक भएको बताउनु भयो । ‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट आएको छ, त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ’, उहाले भन्नुभयो ।

यसैबीच संसदीय दलका उपनेता गच्छदारविरुद्ध दायर मुद्दाका विषयमा कांग्रेसले अपरान्ह पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । अपरान्ह सवा चार बजे पत्रकार सम्मेलनमा उपस्थित हुन कांग्रेस केन्द्रीय कार्यालयबाट पत्रकारहरुलाई बोलाइएको छ ।