जनता टाइम्स

२३ माघ २०७६, बिहीबार २१:१३

बाग्लुङ दुर्घटनामा ३ जनाको मृत्यु, ५ जना घाइते


बाग्लुङ, माघ २३ गते । बाग्लुङमा बिहीवार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिकाबाट जन्ती लिएर बाग्लुङ जिल्ला आएको ग.१ त ५७६२ नम्बरको ट्रयाक्टर साँझ करिब ७ बजे दुर्घटना भएको हो ।  बाग्लुङ जिल्लाको तमान खोला गाउँपालिका वडा नं. ३ बुलबुले स्थानमा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जनाएका छन् ।

घाइतेहरुलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगायतका अस्पतालमा पठाइएको र सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार दुर्घटना राती भएको र उद्धार कार्य भइरहेकोले थप विवरण आउन विवरण आउन बाँकी छ ।