सिन्धुली, माघ २४
प्रहरीले सिन्धुलीको आश्रममा तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजनलाई पक्रन नेपाल प्रहरीको टोली शुक्रबार बिहान पुगेपनि फेला पार्न सकेन ।
हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन । आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको प्रहरी स्रोतले बतायो ।
प्रहरी स्रोतका अनुसार सर्लाही जिल्ला अदालतबाट बिहीबारै बमजन पक्राउको अनुमति लिइएको थियो । उनिमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्