काठमाडौं, माघ २५
नेपाली युवा खेलाडी कुशल मल्ल एकदिवसीय क्रिकेटमा डेब्यु खेलमै विश्वकिर्तिमान बनाएका छन् । एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिनको रहेको छ। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरेका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् ।

कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । रोहित अगाडी यो रेकर्ड भारतिय क्रिकेटस्टार सचिन तेन्दुलकरको नाममा रहेको थियो ।
उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै खेलेका थिए । यद्यपी उनले ३६ रन बनाएको अवस्थामा एक जिवनदान भने पाएका थिए ।
गत वर्ष युनाइटेड अरब इमिरेट्स यूएईसँगको शृङ्खलामा नेपालका रोहितकुमार पौडेलले १६ वर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको कीर्तिमानी कुशलले तोडिदिएका छन् ।
सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्