काठमाडौं, फागुन ८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनमा व्याप्त कोरोना भाइरस (कोभिड–१९) सँगको लडाइँका क्रममा चीनले गरिरहेको प्रयासमा नेपाल सधैँ साथ रहेको बताउनु भएको छ । बङ्गलादेशको दुईदिने भ्रमण सकेर बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले चीनलाई परिरहेको सङ्कटमा नेपाल सधैं साथ रहने बताउनु भएको हो । ‘चिनियाँ जनता, सरकार र त्यहाँको स्वास्थ्यकर्मी उच्च दक्षताका साथ जुन दृढ सङ्कल्पले लडिरहेका छन्, नेपाल सरकारले त्यो कठोर प्रयत्न र उच्च दक्षताको सराहना गर्न चाहन्छ,’ मन्त्री ज्ञवालीले भनुभयो ।
कोराना भाइरसविरुद्ध चीन लडिरहँदा त्यसको प्रकोपमा परेका धेरै बिरामी निको हुँदै घर फर्कनुले नियन्त्रण प्रक्रिया सुरु भएको अनुभूति दिएको उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्