जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार १४:५२

अज्ञात व्यक्तिले गोली चल्दा एक घाइते


महोत्तरी, फागुन १८

अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो । घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।