काठमाडौं, फागुन २२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार यस्तो निर्णय गरिएको उहाँले बताउनु भएको छ। प्रशासनले होली (फागु पर्व) पनि नमनाउन समेत आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्