जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १०:०९

कोरोना सङ्क्रमण भएका ६० हजार बढी निको भएर घर फर्किए


काठमाडौं, फागुन २५ । कोरोना भाइरस लागेका ६० हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ सय ३ देशका १ लाख ६ हजार १ सय ९५ जना सङ्क्रमित भएकामा ६० हजार १ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

अहिले ४२ हजार ४ सय ५ जनाले उपचार गराइरहेका छन् भने ३ हजार ६ सय जनाको ज्यान गएको छ । गएको २४ घण्टामा चीनमा २७ र दक्षिण कोरियामा २ जना गरी २९ जनाको ज्यान गएको छ भने चीनमा मात्रै १ हजार ६ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।