काठमाडौं, फागुन ३० । देउसी खेल्न बोलाएर आफन्तको कोठामा लगी बलात्कार गर्ने अनेरास्ववियुका तात्कालिन केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई आठ बर्ष ६ महिना कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीवार राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । राईले गत तिहारको भाइटिकाको अघिल्लो दिन बौद्धस्थित आफन्तको कोठामा लगेर तीन घण्टासम्म बन्धक बनाई एक किशोरीमाथि बलत्कार गरेका थिए । गत कार्तिक महिनामा तिहारको देउसी खेल्न भन्दै बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको प्रमाणित भएपछि जेल सजाय सुनाइएको हो ।
जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अदालतले राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेश दिएको छ । राईपीडित किशोरीले प्रहरीमा भनेकी थिइन, ‘साढे ३ घण्टासम्म झम्टिरह्यो, दुई पटक मुखमा लिंग छिराइदियो ।
हेर्नाेस यो पीडादायी बयान
राईपीडित किशोरीको पीडादायी बयान : साढे ३ घण्टासम्म झम्टिरह्यो, दुई पटक मुखमा लिंग छिराइदियो
प्रतिक्रिया दिनुहोस्