जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार ०९:२०

राईपीडित किशोरीको पीडादायी बयान : साढे ३ घण्टासम्म झम्टिरह्यो, दुई पटक मुखमा लिंग छिराइदियो


काठमाडौं, कात्तिक १४ । पाँच महिना अघि उच्च शिक्षा अध्ययनका लागि दिदीसँग काठमाडौं आएर भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै परिन । दिदी काठमाडौं बाहिर जानुपरेकोले रुपा एक्ली परेकी थिइन । बहिनीको चिन्ता लागेर उनले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन । तर तिनै मित्रले बहिनीलाई बलात्कार गरिदिएपछि अहिले पीडित किशोरी भन्दा पीडामा छिन उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई बलात्कार गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन ।

पीडित रुपाले प्रहरीमा दिएको बयानअनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई एक्कासी रुपामाथि जाइ लागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि जबर्जस्ती गर्‍यो ।

रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिंग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन । ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो,’ पीडितले भनिन । बलात्कारको क्रममा राईले धेरै धम्की दिएको पनि पीडितले बताएकी छन । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएका थिए ।

‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ पीडितको भनाई छ । राई अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्। कान्तिपुर दैनिकले प्रकाशन गरेको पीडितको बयान अझै कारुणिक छ । पीडितको बयानअनुसार राईले त्यस दिन बलात्कारपछि मार्नेसम्मको योजना बनाएको देखिन्छ ।