जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १६:०७

प्रचण्डमाथि खनिए बाबुराम भट्टराई


काठमाडौं, चैत २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले गरेको सामूहिक भेटवार्ताप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा आपत्ति जनाउनु भएको छ ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले प्रचण्डसँग भेट भएको समाचार बाहिर आएलगत्तै आपत्ति जनाउनु भएको हो । नेकपा अध्यक्ष प्रचण्डले आज आफ्नै निवासमा सातै प्रदेशका प्रमुखसँग सामुहिक भेटबार्ता गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री भट्टाराईले प्रदेश प्रमुख पार्टी प्रतिनिधि नभएको भन्दै पार्टी अध्यक्षलाई सामूहिक रुपमा भेट्नु आपत्तिजनक भएको बताउनु भएको छ ।

‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन, राज्यका प्रतिनिधि हुन । उनीहरूले राज्य/सरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई भेट्ने हैन । कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन,’ भट्टराईले भन्नुभएको छ ।