काठमाडौं, चैत ५
अष्ट्रेलियास्थित नेपाली दूतावासले कन्सूलर सेवा प्रवाह प्रक्रियामा फेरबदल गरेको छ । अष्ट्रेलियामा संक्रमितको संख्या बढिरहेकाले उच्च सावधानी अपनाउन दूतावासले केही समयका लागि सेवा प्रवाह प्रक्रियालाई परिवर्तन गरेको जनाएको छ । अष्ट्रेलियामा हालसम्म ५ सय ६० जनालाई संक्रमण भएको छ भने ६ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा एक नेपालीलाई संक्रमण देखिएको थियो । अहिले उहाँ निको हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्