जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ०८:४७

कोरोना रोकथाम सरकारी कोषमा एक करोड सहयोग गर्ने एनआरएनएको निर्णय


काठमाडौं, चैत १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको आइतवार बसेको बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ ।

यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । सरकारकोसो कोषमा एक करोड जम्मा गर्ने निर्णय एनआरएनएले गरेको हो ।