जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ०८:५४

समाचार प्रभाव : चौधरी ग्रुपले स्वास्थ्य सामाग्री ल्याउने


काठमाडौं, चैत १०

कोरोना भाइरसको संक्रमण फैलिन नदिन व्यापारी विनोद चौधरीको कम्पनी चौधरी फाउन्डेसनले स्वास्थ्य सामाग्री ल्याउने भएको छ । फाउन्डेसनले चीन र भारतबाट कोरोना परीक्षण किट तथा अन्य स्वास्थ्य सामग्री ल्याउन पहल गरिरहेको जनाएको हो ।

महामारीको संकटमा व्यापारी भागे भनेर समाचार जनताटाइम्स डट कमले प्रकाशित गरेपछि चौधरी ग्रुपले नेपालीलाई सघाउन पहल थालेको छ । तर, ढुवानी प्रणाली सहज नभएकाले परीक्षण किट आइपुग्न समय लाग्ने चौधरी ग्रुपले जानकारी दिएको छ । नेपाली नागरिकलाई संक्रमणबाट सुरक्षित राख्न के गर्न सकिन्छ भन्नेमा आफूहरुको ध्यान केन्द्रित भएको फाउन्डेसनको भनाइ छ ।

‘हामीले मुलुकभर छरिएका हजारौं कर्मचारीको सुरक्षा प्रबन्ध मिलाउँदै नियमित जाँच र परीक्षण गरिरहेका छौं,’ चौधरी ग्रुपले भनेको छ, ‘हाम्रा कर्मचारीको सुरक्षा व्यवस्थाका लागि हाम्रो विशेषज्ञ टोलीले निकै सचेतताका साथ काम गरिरहेको छ।’ सरकार र अन्य साझेदारहरूसँग बलियो एवं प्रभावकारी काम गर्न पहल सुरू भइसकेका जानकारी दिएको छ ।

यसैबीच व्यवसायी वसन्त चौधरीले पनि ५० लाख रुपैयाँ सहयोग गर्न आफू तयार रहेको जानकारी दिनुभयो । उहाले ट्विटरमार्फत दक्षिण एसियाली देशहरुका लागि तयार गरिएको सार्क आपतकालीन कोषमा सहयोग दिने बताउनु भयो ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसले जनता संकटमा पर्दा भागे राज्यबाट सुविधा माग्ने धनाढ्य व्यापारी