काठमाडौं, चैत ११ । संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देश नै लकडाउन गरेको छ । मानिसको आवतजावत रोकेर नै भाइरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन लगायतको सुझावपछि सरकारले आज बिहान ६ बजेबाट मानिस र सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो । लक डाउनको पहिलो बिहान आज राजधानी काठमाडौं सहरका सहर बजार शून्य र शान्त देखिएका छन ।
प्रतिक्रिया दिनुहोस्