काठमाडौं, चैत १५
स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनतर्फ गएको छ । एयरबस ए३३०–२४३ को उडान नम्बर आरएनए४१७१ को विमान चिनतर्फ प्रस्थान गरेको हो ।
स्वास्थ्य सामग्री लिन शनिवार दिउसो गएको जहाज शनिवार राति नै ११ बजेपछि फर्किने स्रोतले जानकारी दिएको छ । कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ गएको हो ।
जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहेको अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिनुभो ।
नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा गएको र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने छ । अनुदान र सरकारले किनेका दुवै सामाग्री एकैपटक सो जहाजमा आउने बताइएको छ । सामाग्री आएपछि आइतवार विहान नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पु¥याइने सरकारले जानकारी दिएको छ ।
सो सामाग्री पु¥याएपछि कुनै पनि प्रदेशमा स्वास्थ्य सामाग्रीको अभाव नहुने बताइएको छ । विमानले आवश्यक पर्ने पिपिई, किट लगायतका १९ थान सामाग्री माग गरेको छ । योसँगै चीनको एक व्यवसायीक सस्थाले पनि २ हजार किट प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्