जनता टाइम्स

२२ चैत्र २०७६, शनिबार २०:२६

कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गर्ने सरकारको निर्णय


काठमाडौं, चैत २२

सरकारले कोरोना फैलिन नदिन कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले र्‍यापिड टेस्ट गर्ने निर्णय भएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले केही समय अगाडी खरिद गरेको ७५ हजार र्‍यापिड टेस्ट किटहरु यहा प्रयोग गरिने भएको छ ।

बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।