काठमाडौं, चैत २७ । बेलायतका अर्थ मन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।
सुनकले भने, प्रधानमन्त्री बेडमा बसिरहेका छन् र स्वास्थ्यकर्मीसँग सकारात्मक भएर कुरा गरिरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका प्रधानमन्त्री जोनसनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा अर्थ मन्त्री सुनकले जानकारी दिएका हुन् ।
अर्थ मन्त्रीका अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा एकैदिन ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै भएको छ । २४ घण्टामा ९ सय ३८ जनाको ज्यान गएसँगै बेलायतमा अहिलेसम्म सात हजार ९७ जनाको ज्यान गएको छ । बेलायतमा कोरोना भाइरसबाट ६० हजारभन्दा धेरै सङ्क्रमित भएकोमा तीमध्ये एक सय ३५ जना उपचारपछि निको भएका छन् भने ५३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्