चुनावमा ओलीको नाममा भोट माग्ने, स्थिरताको लागि बहुमत माग्ने अनि बीचैमा सरकार फेर्ने खेलमा लाग्ने ? केयो चाँहि उच्च नैतिकता हो ? ओलीलाइ प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने सोच वा योजना कतै छ भने तुरुन्तै मनबाट हटाउनुस । ओली कै कारण पार्टी अर्को पटक अझ बलियो, अझ दृढ हुँदै जाने छ । यस्मा सन्का नगरौ । यो तथ्यलाई आत्मसात गर्दै नेकपाका कमरेडहरु अव बन्द गर्नाेस झेल, जितिदैन प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउने खेल
तात्कालिन नेकपा एमालेको नवौं महाधिबेसनमा केन्द्रीय कमिटी भित्रबाट चुनाब नभएर प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष निर्वाचित भएका हुन प्रधानमन्त्री केपी शर्मा ओली । निर्वाचित अध्यक्षलाई केन्द्रीय कमिटीमा बहुमत भयो भन्दैमा महाधिबेसन अघि हुत्याउन सक्ने बिधान छैन । अघिल्लो ८ औ महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले जिते पनि केन्द्रीय कमिटीभित्र बहुमत ओलीको थियो । यानेकी पार्टीमा बहुमत भएपनि ओलीले कहिल्यै पनि झलनाथ खनाललाई हटाएर आफू अध्यक्ष हुने खेल गरेनन र बिधानमा पनि त्यो ब्यबस्था थिएन ।
त्यही एमालेको जगमा माओवादीसँगको एकता प्रकृयाको लागि ओली र पुष्पकमल दाहाल, प्रचण्ड दुई जनालाई बिशेषाधिकार दिएर यो एकता प्रकृया टुङ्गो लगाउन सिङ्गो पार्टीको म्यान्डेट हो । दुई अध्यक्षको सहमति पश्चात् मात्र कुनै पनि प्रस्ताव सचिबालयमा प्रबेश पाउने र छलफलको एजेन्डा हुने निर्णय हो । यही आधारमा स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफलका बिसय बन्दछन भन्ने बिधान समेत देख्दा देख्दै पार्टी अध्यक्ष फेरिन्छन र फेर्ने सकिन्छ भन्ने कुरा सम्भव हुने बिषय होइन ।
एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अगुवाईमा बसाइएका बैठकका बहुमतका निर्णय अर्का अध्यक्षलाई कमजोर पार्न खोज्नुले नेकपाको एकता प्रकृयालाई भाजो हाल्न लालयित छन भन्ने सजिलै बुझिन्छ । हिजो सचिबालयमा राखिएका ९ जना सदस्यहरु यही दुई जना अध्यक्षको निर्णय हो । सचिबालयमा बहुमत र अल्पमतको निर्णय हुने प्राबधान राखेको भए ओलीले आफ्ना मान्छे ५० प्रतिशत राख्ने कोसिस गर्ने थिए । अर्का अध्यक्षले बहुमतको कुरा नै ठिक हो भन्नूहुन्छ भने मलाई लाग्छन ओली तयार हुनेछन । आगामी महाधिवेशनमा पनि यो शिलशिला कायम रहनुपर्छ । बहुमतकै आधारमा नीति र नेतृत्व चयन गर्नुपर्छ । ६ लाख पार्टी सदस्य रहेको एमाले र ४ लाख पार्टी सदस्य भएको माओवादी महाधिवेशन आयोजना गर्दै गर्दा बहुमतको आधारमा भएका फैसालाहरु मान्न तयार हुनु पर्ने हुन्छ । भोलि बहुमतले केन्द्रीय सदस्यमा एमालेतिरका अधिकांश सदस्य जितेको अबस्थमा पराजित माओवादीहरु नेतृत्वको जिम्मेवारीबिना थुपुक्क बस्लान ? बस्न सक्दैनन । त्यसकारण एउटा सिस्टममा ल्याउन्जेल आगामी महाधिबेसन बिना प्रतिस्पर्धाको एकता महाधिवेशन हुन पर्दछ भन्ने प्रचन्ड काम्रेड्ले बढो सुझबुझ पुर्ण बिचार थियो । तर हाल प्रचन्ड काम्रेडबाट आफ्नै बिचारलाई खन्डन गर्ने व्यबहारले कालान्तरमामा आफैलाई घाटा हुन सक्दछ ।
आज बिधानबिपरित एकताको भावनाबिपरित कामकारबाही अगाढी बढाउन खोज्नु निकै गम्भीर बिषय हो । सचिबालयमा तल माथि भएरै गडबड गर्न खोज्नुले धेरै बिषयहरु आकर्षित हुन्छन भन्ने जान्नु पर्दछ । बहुमतको आधारमा यस्ता निर्णय आकर्षित हुने भएको भए माओबादी र एमालेको हरेक कमिटिमा ५०/५०५को भागबन्डा बिना एकता हुन्थेन होला । कालान्तरमा एमाले सबै एकजुट भएको खन्डमा माओबादी तर्फको भबिश्य के हुन्छ होला । त्यस कारण बिधानबिपरित सचिबालयको बहुमतको भ्रम बाढ्नु बेकारको कुरा हो ।
प्रधानमन्त्री फेर्ने कुरा बरु सम्भव कुरा थियो पार्टी एकता गर्दा आधा आधा समयको लागि गर्ने । त्यो समय आउन पनि ४ महिना पूरा बाकी थियो । तथापी अर्का अध्यक्ष प्रचण्ड स्वयमले नै केही महिना अघि सचिबालय बैठकमै यो कार्यकालमा प्रधानमन्त्री बदल्नु मुलुकको लागि दुर्भाग्य त हुन्छ नै अस्थिरताको समेत बादल देखिने भएकोले यो बाकी अवधिमा ओली काम्रेड नै निरन्तरता पाउनु पर्ने भन्ने निर्णय गर्नुले २०७४ सालको आम निर्वाचनको भावनालाइ आत्मासात गरेको थियो । ६/६ र ९/९ महिनामा सरकार फेरिने र अस्थिर सरकारको फाइदा उठाएर मुलुकलाई दोहोन गर्ने शक्तिहरु लामो समयदेखि हाबी भैरहेकोले नेपाली जनताले २०७४ सालको निर्वाचनमा एउटै शक्तिलाई जिताउन चाहन्थे । तर सम्बिधानमा भएका समानुपातिक प्रणालीअनुसार ठुलै परिस्थिति निर्माण नगरी एउटा मात्र पार्टीको बहुमत हुने स्थिती थिएन । प्रधानमन्त्री ओलीकै योजनामा एमालेभित्रका केही मान्छेहरुको सल्लाहमा माओबादी सङ्ग गरिएको बार्ताले सफलिभुत हुने स्थिती बन्यो ।
एमाले माओबादिको संयुक्त घोषणा पत्र निर्माण भयो । दुबै पार्टीले एमाले अध्यक्ष केपी ओलीलाई आगामी ५ बर्षको प्रधानमन्त्री भनेर निर्वाचनको महानायक घोषणा गर्दै देशका १६५ निर्वाचन क्षेत्रमा उतार्यो । भारत, मधेशबादी दल र ७ दशक देखिको शक्तिशाली पार्टी नेका समेतको घोषित अघोषित एकता र चाहानालाइ उनिहरुद्वारा नै आयोजित निर्वाचनमा नेकपा एमाले र माओबादिको पक्षमा अपार सफलता हासिल गरेका हुन ।त्यसभन्दा अघि प्रधानमन्त्री प्रचन्डको नेतृत्वकालमा नेका समेत सरकारद्वारा आयोजित स्थानीय तहको निर्वाचनमा सत्ता पक्षीय दल एक भएर निर्वाचन लडदा पनि एमालेलाई ४५ प्रतिशत सफलता एक्लै प्राप्त गर्नुले ओलीको पार्टी तथा देशलाई सहि दिशा निर्देश गर्ने काम गरेका थिए नै । निर्वाचन अघि ओलीले नेपालमा जित्नु भारतको लागि डिजास्टर आउनु हो भन्ने भारतीयहरु निर्वाचनको अन्तिम परिणाम घोषणा हुदा नहुदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत भएर बिदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण र ओलीलाई आगामी ५ बर्षको शुभकामना दिनुले अबको अबिछिन्न प्रधानमन्त्री हुन भन्ने स्विकारोक्ती देखिएकै थियो ।
यसरी सबैको चुनौतिलाई ललकार्दै निर्वाचनरुपी युद्ध जितेको सेनापतिलाई षडयन्त्रपुर्वक सेनापतिबाट निकाल्ने काम गर्न थाल्नु मुलुक र जनता माथिको कुठाराघात हो । हुन सक्थ्यो ओलीले निर्वाचन जिताए पनि सरकार चलाउने मामलामा कमजोर देखिएको भए एउटा कुरा हुन्थ्यो । एउटा प्रश्न गर्न सकिन्थ्यो । यहाँ ओलीले नेपालको इतिहासमा सबैभन्दा राम्रो र असल काम गर्दै छन । ओलीले गरेका यी कामहरुलाई कसैले नकार्न सक्नु हुन्छ ? २ बर्षको छोटो अवधिमा ओलीले गरेका यी काम संवरण अक्षरले लेख्न सकिने छन ।
१. नेपालको भारत र चीनसङ्गको सम्बन्ध ईतिहासमै निकै बलियो भएको छ । बिगतमा दुई छिमेकी देशसङ्गको समान स्थितिमा गर्नुपर्ने कुटनैतिक सम्बन्ध दक्षिणतिर बढी ढल्किएको कारण नेपालले ठूलो क्षति ब्यहोर्नु पर्यो । त्यही गलत कुटनैतिक सम्बन्धको कारण ७ महिना लामो नाकाबन्दीले नेपाललाई निकै ठूलो नोक्सानी भयो । बर्तमान सरकारले अघि बढाएको दुबै छिमेकी देशसङ्गको सम्बन्धको कारण छोटो समयमै दुबै देशसङ्ग महत्वपूर्ण कामहरु अघि बढे । उत्तर तर्फको छिमेकी देशसङ्ग गरिएको पारबाहन सम्झौता र बिकासका अन्य साझेदारी कामहरुले गर्दा अब नेपालले चीनसङ्ग पनि कनेक्टिभिटिका काम अघि बढ्दै छन ।अब नेपाललाई कहिल्यै कसैले नाकाबन्दी लगाएर सताउने र गौडा ढुकेर पिट्ने जमानाको अन्त्य भएको छ । बिगतमा ३ पटक नाकाबन्दी ब्यहोरेको नेपाललाइ यो उपलब्धि प्राप्त हुनु धेरै ठूलो महत्वको कुरा हो ।
भारतसङ्ग त्वमशरण गर्दैमा नेपालले फाइदा पाउन सक्दछ भन्ने बिगतको सोचाइलाई ओलीले खन्डित गर्दै देश ठूलो सानो भएपनि सम्प्रभुता ठूलो सानो हुदैन भन्ने मान्यता स्थापित गरेका छन । २०/२५ बर्षदेखि सम्झौता भएर काम अघि बढ्न नसकेका हुलाकी राजमार्ग, पेटोलियम पाइपलाइन र प्रहरी प्रतिस्ठानका काम यही बीचमा कतिपय सम्पन्न र कतिपय अन्तिम अवस्थामा पुग्दैछन । भारतसङ्गको सिमाना समस्या लामो समय देखि बल्झिदै आएकोमा अब निर्णायक अवस्थामा पुग्दै छ । कालापानीमा बिगत ६० बर्षदेखि बस्दै आएको सेनालाई हटाउन ईतिहासमै पहिलो यो सरकारले यो भुमी हाम्रो हो भनेको छ र कुटनैतिक पहल शुरु गरेको छ । यातायात र कृषिमा समेत सहयोग आदान प्रदान गर्ने गरी भएका सम्झौता पनि कार्यन्वयनको स्थितिमा आएका छन ।
२. संघीयता कार्यन्वयन : नया राजनैतिक ब्यबस्था र त्यसको कार्यन्वयन महत्वपूर्ण बिषय हो । करिब १५० वटा कानुन निर्माण भएका छन । प्रदेश तथा स्थानीय तहको संरचनासहित भौतिक सम्रचना सहित कर्मचारी समायोजनाका काम सम्पन्न भएका छन ।
३. सरकारको छोटो अवधीभित्र मुलुकमा डिजिटल युग भएको छ । सूचना प्रविधि क्षेत्रमा नेपालले यही अवधिमा कायापलट गर्दै छ । अब हरेक मन्त्रालय अन्तर्गतका कार्यालयलाई अब आधुनिक डेटासहितको अत्याधुनिक प्रबिधीयुक्त बनाउने कामले नेपालले बबिश्वमा सबैभन्दा पछि शुरु गरेर सबैभन्दा अगाडि उपलब्धी हासिल गर्दैछ । मालपोत, भुमिसुधार र यातायात उध्योग र स्थानीय बिकाससहित अन्य कार्यालयलाई कम्प्युटराइज गर्ने काम यस्का पछिल्ला उदाहरण हुन ।
४. बिदेशी व्यापार घाटा अब क्रमशः घटने परिस्थिति निर्माण हुँदैछ । यो बर्ष थप हुने एक हजार मेगावाट बिद्युत नेपालले भारत निर्यात गर्दै अन्तिम तयारीमा पुग्दै छ ।
५. यो बर्श नेपाल मै ५ लाख रोजगारी निर्माण भए ।अब बैदेशिक रोजगारिको लागि राम्रा देश र बढी भन्दा बढी पारीश्रामिक पाउने देशमा श्रमशक्ती बेच्ने स्थिति आयो ।अनि बिगतका देशम जाने अवस्थामा बिना खर्च पठाउने काम को थालनी भएको छ ।
६. कृषिलाइ सुधार्ने प्रयास भएको छ । अब किसानको उत्पादनमा आधारित भएर अनुदान दिने ब्यबस्था हुँदै छ ।
७. भुमिसुधार अन्तर्गत अब हरेक नेपालीलाई जग्गाको मालिक बनाउने गरी सधैको लागि सुकुम्बासी समस्या हल हुँदैछ । सरकारको नामको जग्गा ब्यक्तिको नाममा बनाएर खानेबाट राज्यले देश भरिको रिपोर्ट ल्याउने काम अन्तिम तयारी भएको छ ।बालुवाटारको १२१ रोपनी जग्गा सरकारको नाममा ल्याउने काम भइरहेको छ । त्यसैगरी उपत्यकाको बिभिन्न ठाउँका करिब ३४५ रोपनी जग्गा सरकारको नामम्मा आइसकेको अवस्था छ ।
८. देशको भौतिक पुर्वाधार बिकासको लागि सरकारले तराइमा हुलाकि सडकलाई बिस्तार गर्दै पिच गरेर अन्तिम अवस्थामा पुर्याउदै छ । महेन्द्र राजमार्गलाई कम्तिमा ४ लेन र बढीमा ६ लेनको बनाउने काम अघि बढेको छ । महेन्द्र राजमार्ग र हुलाकी मार्गको बिच हुने गरि पुर्व पश्चिम बिद्युतीय रेलमार्गको सर्वे र डिपिआर निर्माण दाङ्ग जिल्लाको सिमाना सङ्ग सम्पन्न भएको छ । चुरेमा मदन भन्डारी राजमार्ग बनाउन शुरु भएको छ भने पहाडमा पुर्व पश्चिम पुश्पलाल राजमार्गको ८० प्रतिशत काम सम्पन्न भएको छ । चीनसँग उत्तर दक्षिण जोडिने किमाङ्ग्थान्का खादबारी सडक ,तातोपानी काठमाडौ केरुङ्ग काठमाडौं, हिल्सा डोल्पा राजमार्ग र मुक्तिनाथ कालिगन्डकी करिडोर जस्ता राजमार्गमा युद्दस्तरमा काम अघि बढेका छन ।
९. नवलपरासी र तनहुमा फलाम खानी दैलेखमा पेट्रोल खानी को उत्खनन् पनि ओली सरकारका देखिने काम हुन ।
१०. बिगतमा ८ लाखको सन्ख्यामा रहेका आन्तरिक राजस्व बुझाउने कम्पनी ( श्रोतहरु) अब ३२ लाखको सन्ख्यामा पुगिसके । प्रधानमन्त्री मातहत ल्याएको राजस्व बिभागले नक्कली भ्याट बिल प्रयोग गरेर राज्यलाइ ठगेका ब्यापरिहरुको तथ्यान्क निलाल्दै करिब ४५ अरब ठगी भएको पत्ता लगाएर मुद्दा परिसकेको छ ।
११. पर्यटनको बिकासको लागि हवाइ यातायातको लागि २ बर्श भित्र भैरहवा बिमानस्थल निर्माणको अन्तिम अवस्थामा र पोखरा युद्दस्तरमा काम भैरहेका छन देश भित्र यही अवस्थामा करिब आधा दर्जन आन्तरिक हवाइ उडान शुरु गर्ने अवस्थामा पुगेका छन ।
१२. सुन तस्करीमा कमी : ओली सरकारको आगमन लगत्तै शुरु भएको तस्करी रोक्ने अप्रेसन स्वरुप त्यसअघिको २ बर्ष बीचमा ३८ क्वीन्टल सुन नेपाल भित्रिएको र त्यसमा सम्लग्न ६६ जनालाई समातेर जेलको हावा खुवाउने योजना स्वरुप हाल ४६ जना पक्राउ २० जना फरार र ५ जना न्यायलयले छोड्दिएको स्थिती छ । अहिले तस्करी पुर्ण रोकिएको अवस्था हो ।
१३. पानीजहाजको कुरा : ओलीले नेपालको झन्डा हालेर एट्लान्टिक महासागर्मा पानीजहाज चलाउने रहर प्रभु ग्रुपले सार्थक बनाइदिएको छ भने समुन्द्रबाट आयात गरिएका नेपाली सामाग्री कलकत्ताबाट स्थल मार्ग देखि ८ सय किमि टाढा ट्रक लरिमा हाली नेपाल ल्याउदा ढुवानीमा लागत रकम बढी लाग्ने अवस्थालाइ मध्यनजर लगाउदै यो सरकारले काकडभित्ता देखि ४० किमि नजिक कालुघाट सम्म समुन्द्र मै बन्दरगाह बनाउने सम्झौता गर्नु र नेपालकै नदिमा टुरिज्जम र ढुवानिको लागि साना फेरि चल्नुले अब मुलुक अघि बढेको सन्केत गर्यो ।
१४. ओली सरकारको सबैभन्दा महत्त्वपूर्ण काम त यो हो कि कसैको दिमागमा नभएको देशबाट तुईन युग समाप्त हुने काम हो । मलाइ लाग्छ, यो सरकार इमान्दारीताका साथ काम गरेको छ । ओली सरकारको बिकल्प खोज्ने अवस्था छैन । ओलीले कोरोना भाइरस सन्क्रमणबाट मुलुकलाई बचाउने काम गरेका छन । क्षति हुन नदिने जुन काम गरे त्यो बारे कस्ले प्रश्न उठाउने काम गर्ला ? उत्तरी छिमेकी देश उद्गम र इपिसेन्टर छदा नेपालमा मानविय क्षती बिना अघि बढन सक्नु चानचुने बिषय होइन ।
हो, प्रधानमन्त्रीमा केही कमि छैनन भन्ने होइन । मानवीय कमजोरी हुन्छन । तर जव प्रधानमन्त्री ओलीले राम्रोको लागि गरिरहेका छन भने बिरोध किन ? ओलीकै राम्रोको कारण दुई तिहाइको नजिक रिजल्ट आएको होइन त ? ओलीकै क्षमताका कारण स्थानीय तहमा बहुमत आएको होइन त ? ओलिकै क्षमताका कारण २०७२ सालको संबिधान जारी हुन सकेको हो होइन त ?
पार्टीका बरिष्ठ नेताहरु जो प्रधानमन्त्री भैसक्नु भएको छ, ओलीले हामीलाइ टेरेन, हामीलाई सोधेन भन्नुको अर्थ ओलीले कस्को लागि काम गर्ने हो ? तपाइहरु अवसर नपाउनु भएको हो र ? तपाइहरुको पार्टी सरकार सञ्चालन विधिले र कार्यशैलिले केही फरक पार्यो र ? हाम्रो प्रसंशा भएन १ भन्नुको अर्थ ओलीले राम्रो काम नगरुन भन्ने मनसाय हो भन्ने कसले नबुझ्ला ?
चुनावमा ओलीको नाममा भोट माग्ने, स्थिरताको लागि बहुमत माग्ने अनि बीचैमा सरकार फेर्ने खेलमा लाग्ने ? केयो चाँहि उच्च नैतिकता हो ? ओलीलाइ प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने सोच वा योजना कतै छ भने तुरुन्तै मनबाट हटाउनुस । ओली कै कारण पार्टी अर्को पटक अझ बलियो, अझ दृढ हुँदै जाने छ । यस्मा सन्का नगरौ । यो तथ्यलाई आत्मसात गर्दै नेकपाका कमरेडहरु अव बन्द गर्नाेस झेल, जितिदैन प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउने खेल ।
प्रम ओलीले पनि पार्टीका नेताहरुलाई सोध्दा, सम्झिदा केही नोक्सान हुदैन । ठिक छ बिचार तपाइको लागू गर्नुस । छ्लफल विमर्श सबैसङ्ग गर्नुस । नियत ठिकै छ भने तिनिहरुलाइ किन सोध्ने ? किन पुछ्ने भन्ने ठाउमा तपाईं हुनुहुन्न । तपाईं सिङ्गो पार्टीको अभिभावक हो । सबैले तपाइको नेतृत्वको छाँया पाउनु पर्दछ । सबैलाइ समान अवसर प्रदान गर्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्