काठमाडौं, बैशाख १७
कषिमन्त्री एंव नेकपाका नेता घनश्याम भुषालले नेकपाभित्र अहिले जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउनु भएको छ । नेकपाभित्र सत्ता ढाल्ने खेलमा नेताहरु लागि रहेका बेला उहाले सम्वादबाटै समधान खोज्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालबाट एक सन्देश दिदै उहाले विवाद समाधान गर्न तीन वटा सुझाव समेत दिनु भएको छ । मन्त्री भुषालले नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं भनेर सुझाव दिनु भएको हो ।
यस्तो छ उहाको सन्देश
- २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो ।
- २०६४\६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।
- आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।
- समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।
- पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न :
पहिलो, नहडबडाउँ
दोस्रो, संवाद गरौं
र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं । - आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्