जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार १२:५६

अस्थिरता ल्याउन सरकार परिवर्तनको खेल : राप्रपा अध्यक्ष थापा


काठमाडौं, बैशाख १९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले परिवर्तनले मुलुकमा झनै अस्थिरता आउने बताउनु भएको छ । उहाले नेकपाभित्रको जोडघटाउले मुलुकलाई थप संकट दिने भन्दै कोरोनाविरुद्ध लड्न एकजुट हुनुपर्ने बताउनु भयो ।

उहाले तत्काल सरकार परिवर्तन आवश्यक नरहेको समेत स्पष्ट पार्नुभयो । मु्लुक कोभिड १९ बिरुद्ध लडिरहेका बेला सरकार परिवर्तनले थप संकट निम्त्याउने उहाले चेतावनी दिनुभयो । अध्यक्ष थापाले नेकपा भित्र सुरु सत्ताजोड घटाउनको बहसले मुलुकमा थप अस्थिरता उत्पन्न गराउने संकेत गर्नुभयो ।

सरकारको प्राथमिकता पछिल्लो समय अलमलिएको उल्लेख गर्दै अध्यक्ष थापाले अध्यादेशले निम्त्याएको राजनीतिकले नेपालमा दीर्घकालसम्म असर गर्ने उल्लेख गर्नुभयो । उहाँले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले चालेका कदम पर्याप्त भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा प्रभावकारी हुन नससकेको बताउनुभयो ।