जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १२:४६

आगलागी पीडित भेट्न पर्यटनमन्त्री भट्टराई गृहजिल्लामा


ताप्लेजुङ, बैशाख २१

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको आगलागी भएको क्षेत्रको निरिक्षण गर्दै पीडितसँग भेट गर्नुभएको छ । शुक्रबार राति लागेको आगोले ८ घर जलेर नष्ट भएको थियो ।

आइतबार बिहान आगलागीस्थलको अनुगमन गर्न गृह जिल्ला आइपुग्नु भएका मन्त्री भट्टराईले पीडितहरुको पुनर्स्थापनाका लागि सक्दो पहल गर्ने बताउनु भयो । ‘आगलागी नियन्त्रण र उद्दारमा खटिनुभएका सबैलाई धन्यावाद भन्न चाहान्छु,’ पीडितको माग सुनेपछि उहाले भन्नुभयो, ‘तपाईंहरुको मागप्रति सरकार गम्भीर छ, पुर्नस्थापना र संरचनाको पुननिर्माणमा छिट्टै सरकारले निर्णय गर्छ ।’ सरकारले नयाँ घर बनाउन केही रकम उपलब्ध गराउने, सहुलियत कर्जा दिने लगायतका सहहयोग गर्ने मन्त्री भट्टराईको भनाइ थियो ।

पीडितको तर्फबाट योगेन्द्रकुमार गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा मिनाहा हुनुपर्ने, घर बनाउन र व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जाको व्यवस्था गरिदिनुपर्ने जस्ता साँत बुँदे माग राखे । फुङलिङ बजारमा शुक्रबार रातिको आगलागीमा ७ करोड ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।