जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १७:०५

तीन जनामा दोस्रो पटक कोरोना देखियो


काठमाडौं, बैशाख २४

कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्किएका संक्रमितमा फेरि कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर विधिबाट परीक्षण गर्दा पेप्सीकोलाका ५८ वर्षीय पुरुष, पर्साका १९ वर्षीय र ४४ वर्षीय पुरुषमा दोस्रो पटक कोरोना देखिएको मन्त्रालयले जानकारी दिएको छ । सनसिटीका ५८ वर्षीय पुरुषलाई हाल पाटन अस्पतालमा भर्ना गरेर राखिएको छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।

त्यसैगरी नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको हो । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । वैशाख १४ गते डिस्चार्ज भएका १९ वर्षीय र ४४ वर्षीय पुरुषमा फलोअपमा पुनः परीक्षण गर्दा पोजिटिभ आएको हो । चिकित्सकहरुले पुन कोरोना देखिनु स्वभाविक नै भएको प्रतिक्रिया दिएका छन् ।