जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार ०७:०८

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या २ हजार १ नाघ्यो


काठमाडौं , बैशाख २८ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ ।

उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ ।