जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १४:०५

प्रेस कार्ड बोकी चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ


काठमाडौं, जेठ ७

प्रेस कार्ड बोकेर चोरी गर्दै हिडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लकडाउनको मौका छोपी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई नियन्त्रण गर्ने क्रममा दुई जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रक्राउ पर्नेमा धुम्बाराही बस्ने सुनसरी ईटहरीका २१ वर्षिय आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली र ओमबहाल बस्ने बारा बड्की फुलबारी गाँउपालिकाका २८ वर्षिय अलि आलम मिया रहेका छन् । उनिहरुबाट प्रहरीले एक टेलिभिजनको प्रेस कार्ड समेत बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखा तथा महानगरिय प्रहरी बृत्त गौशालाको सयुक्त टोलील्े ३ गते काठमाडौं सिनामंगल स्थित ‘अफटर फिप्टिवान व्बाइ होस्टल’ बाट बिभिन्न समयमा ४ थान ल्यापटप तथा गत चैत २४ गते दिउसोको समयमा चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको एप्पल ल्याबटप र आइप्याड चोरी कार्यमा संलग्न उनिहरुलाई पक्राउ गरेको छ ।

उनिहरुलाई मंगलबार चाबहिल भत्केको पुल बाट पक्राउ गरेको जानकारी दिएको छ । अनुसन्धानको क्रममा प्राप्त भएको सिसिटिभी फुटेजलाई अध्ययान गर्दा चोरी गर्ने क्रममा देखिएको रेभेन्ज मोटरसाइकल रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरी बाट उम्कन टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएका थिए ।

झोला चेक गर्दा चोरी गरेका ल्यापटप १, आइप्याड २ थान, बिभिन्न ब्राण्डका ६ वटा मोवाईल, धारिलो हतियार ३ थान, प्रोजेक्टर थान २, क्यामेरा वटा, मोटरसाइकल र एपीवानको प्रेस कार्ड बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।