जनता टाइम्स

७ असार २०७७, आईतवार ०७:४९

ब्राजिल १० लाख ७० हजार १३९ जना कोरोनामा संक्रमण : मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो


काठमाडौं,  असार ७ । कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ५७१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।