सुर्खेत, असार ९
कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना सङ्क्रमणका कारण उहाँको मृत्यु भएको पुष्टि गर्नुभयो । मृत्तक पुरुष क्षयरोगका बिरामी हुनुहुन्थ्यो । उहाँले दुई–अढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दैआउनु भएको थियो । डा. पौडेलले मृतक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुभयो ।
दैलेखबाट आएको भोलिपल्टै उहाँको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्