काठमाडौं, असार २३
संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन कार्यदलले सिफारिस गरिएको छ । नेपालको नक्सा जारी गर्ने बेलामा पार्टीको ह्विप विपरित देशलाई आघात पुग्ने गरी संशोधन प्रस्ताव दर्ता गरेको र मतदानमा भाग नलिएपछि कार्यदलले सांसद पदबाट हटाउन सिफारिस गरेको हो ।
पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको तीन सदस्य कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको छ । पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउन सिफारिस गरिएको कार्यदल सदस्य मोहम्मत इस्तियाक राईले बताउनुभयो ।
कार्यदलको सिफारिस बमोजिम निर्णय गर्न समाजवादीको पदाधिकारी बैठक बालकुमारीमा बसिरहेको छ । बैठकले गिरीलाई बर्खास्त गर्ने स्रोतले दावी गरेको छ । नेपालको अंगिकृत नागरिता लिएकी गिरी समानुपातिक तर्फबाट सांसदमा निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्