जनता टाइम्स

२४ असार २०७७, बुधबार १४:०४

पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कांग्रेसद्वारा महासमिति सदस्य निष्कासित


काठमाडौं, असार २४

नेपाली कांग्रेसले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासमिति सदस्यलाई पार्टीबाट निष्कासित गरेको छ । महासमिति सदस्य बाँकेका महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

बुधबार बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीद्वारा जरी विज्ञप्तीमा उल्लेख छ । पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो ।

मल्ल कांग्रेस बाँकेको संगठन विभाग प्रमुख हुनुहुन्थ्यो । उहाले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा समेत दिनुभएको थियो ।