काठमाडौं, असार २५
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मध्य प्रदेशको उज्जैनबाट आज विहान प्रहरीले पक्राउ गरेको हो ।
उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार दुबेले इनकाउन्टर हुने डरले मन्दिरबाटै गिरफ्तारी दिएको हुन सक्ने बताएका छन् ।
मन्दिरमा पक्राउ परेका दुबेले आफु कानुपरको विकास दुवे भएको र मलाई प्रहरीले पक्राउ गरेको भन्दै चिच्याएका थिए । प्रहरीले मन्दिरबाट गाडीसम्म ल्याउदा पनि उनले पटक पटक चिच्याउदै आफु कानपुरवाला विकास दुबे भएको बताएका थिए ।
भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्