जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:३१

उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, असार २९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा‍‍.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित भएको जानकारी दिनुभएपछि उपत्यकामा ९ जनामा कोरोना संक्रमित थपिएको हो ।