जनता टाइम्स

३० असार २०७७, मंगलवार १६:२४

११६ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज, कुल संख्या १७०६१ पुग्यो


काठमाडौं, असार ३०

पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ४ हजार ३६१ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या १० हजार ३२८ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २४ हजार ७१६ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ६९५ जना रहेका छन् । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।