जनता टाइम्स

३० असार २०७७, मंगलवार १६:५४

डिएसपीबिरुद्ध अख्तियारले दायर गर्यो मुद्दा, यस्तो छ कारण


काठमाडौं, असार ३० । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै आज सिंहबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए ।

डिएसपी सिंह यसअघि पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका अधिकृत हुन । प्रहरीमा उनको छवि बिवादास्पद रहेको थियो ।