काठमाडौं, असार ३१
प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस हुनुभएको छ । बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
समितिको सिफारिस बमोजिम सरकारले उहाहरुलाई पदस्थापन गर्नेछ । समितिले पहिलो नम्बरमा शाही र दोस्रो नम्बरमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । अब एक साताभित्र दुवै जनाविरुद्ध कुनै उजुरी नपरे सरकारले एआईजीमा पदस्थापन गर्नेछ ।
शाही र कार्की वर्तमान महानिरीक्षक शैलेश थापाकै ब्याची हुनुहुन्छ । उहाहरु एकैपटक डीआईजीमा बढुवा हुनु भएको थियो । तर एआईजी बढुवामा यो ब्याचबाट दुई जना पर्दा हरि पाल र शैलेश थापा बढुवा हुनुभयो । अब आईजिपीसँगै एआईजी पनि २२ महिनापछि अवकास पाउनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्