जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १२:०७

वीरगन्जको निषेधज्ञा सोमबारबाट पर्सा जिल्लाभरी लागु हुने


वीरगन्ज, साउन १८

कोभिड–१९ का संक्रमित बढ्न थालेपछि वीरगन्जमा जारी रहेको निषेधज्ञा सोमबारबाट जिल्लाभर लागु हुने भएको छ । पर्सामा पछिल्लो समय कोरोना र यसबाट मृत्यु हुनेको संख्यामा अत्याधिक वृद्धि भईरहेको छ ।

जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले गत साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी निषेधज्ञा जारी गरेको थियो ।

फेरी अर्को सूचना जारी गर्दै सोमबारबाट भने पूरा जिल्लाभर निषेधज्ञा लागु गर्ने भनिएको छ । भोलिबाट निषेधज्ञा अवधिभर औंषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ ।

स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला, औषधी पसल जस्ता अत्यावश्यक सेवा भने सञ्चालन गर्न पाइने छन् । यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ ।