काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सात बुँदे सुझाव दिनुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने थप कामको बारेमा सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको आजको परामर्श बैठकमा देउवाले सात बुँदे सुझाव दिनुभएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले प्रधानमन्त्रीलाई दिएका सुझावमा अहिलेसम्मका कमजोरीको समीक्षा र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन, हरेक प्रदेशमा एक लाख नयाँ पीसीआर परीक्षण तत्काल गर्ने बन्दोबस्त गर्नुपर्ने, परिस्थिति अनुरुप रणनीति निर्माण र विज्ञसँग छलफल, दल, संघसंस्था र आमसञ्चार माध्यमका सुझाव ग्रहण गर्नुपर्ने, जोखिमका क्षेत्र पहिचान गर्नुपर्ने, जायज माग राखेर अनशनमा बसेका युवाको जीवन रक्षा र राहत कार्यक्रम व्यवस्थित गर्नुपर्नै रहेका छन ।

सरकारले दुई दिन अघि नै आरडिटी परीक्षण नगर्न निर्देशन दिइसके पनि देउवाले यस बिषयलाई पनि उठाएका छन । स्वास्थ्य मन्त्रालयले केही दिनअघि आरडिटी परीक्षण पूर्ण रुपमा बन्द गरिएको घोषणा गरेको थियो । तर पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सो बिषय जानकारी नपाएको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्