काठमाडौं, साउन २१ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेको छ ।
एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ ।
संक्रमितमध्ये ८४९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ ।
१२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् । ५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्