काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष प्रचण्डसहित चार नेताले बिधि र पद्धतिको नाममा अघि बढाउनु भएको गुटबन्दी कुर्सी प्राप्त र भागबण्डाकै लागि भएको तथ्य खुलेको छ । आफू निकट पत्रकारको गुट भेलामा बोल्ने क्रममा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नै यस्तो खुलासा गर्नुभएको हो ।
भेलामा बोल्ने क्रममा नेता खनालले लगानी बोर्डका प्रमुख कार्यकारी अििधकृतदेखि राजदुत र जिएम नियुक्तिमा आफूहरु निकटलाई नराखेकोमा कडा आक्रोश पोख्नुभयो । जनताटाइम्सलाई प्राप्त अडियो रेकर्डअनुसार बरिष्ठ नेता खनालले नियुक्तिमा आफूहरुले भनेको मानिसलाई ठाउँ नदिएको आरोप लगाउनु भयो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त सुशिल भट्ट कांग्रेस भएको आरोप पनि उहाँले लगाउनु भयो । आफू निकट पार्टी निकट पत्रकारका लागि आयोजित गुट भेलामा बोल्दै बरिष्ठ नेता खनालले बिवादित मात्र नभएर भट्ट कांग्रेस भएको आरोप लगाउनु भएको हो ।
नेता खनालले मन्त्रिपरिषद गठनदेखि सम्पुर्ण नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारले तीन बर्ष ल्याएको बजेट पनि राम्रो नरहेको आरोप लगाउनु भयो । आफैले ताली पिटेर बजेट पास गरेको भएपनि नेता खनालले गुट भेलामा यस्तो बताउनु भएको हो । नेता खनालले भट्टको बिषयमा प्रधानमन्त्री ओलीलाई बिचार गर्न भन्दा योजना आयोगको सदस्य र सक्षम रहेको बताउनु भएको भन्दै आक्रोश पोख्नुभयो । जनताटाइम्सलाई प्राप्त अडियो रेकर्डअनुसार बरिष्ठ नेता खनालले आफ्नो संबोधनमा अधिकांश समय नियुक्ति र भागबण्डा नपाएको गुनासोको पोको खोलेर प्रधानमन्त्री ओलीबिरुद्ध आक्रोश पोख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्