जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार २१:४९

दुवईबाट आएको विमान केरेला एयरपोर्टमा दुर्घटना


काठमाडौं, साउन २३

भारतको केरलामा एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ । दुवईबाट भारतीय श्रमिक लिएर आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म एक पाइलटको मृत्यु भएको बताइएको छ । अन्यका विषयमा अहिलेसम्म कुनै विवरण आएको छैन । केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएको छ । सो विमानस्थल टेवल विमानस्थलका रुपमा चिनिन्छ । अर्थात विमानस्थलको चारैतर्फ ओरालो भिर रहेको छ । विमान भिरमा अड्किएको बताइएको छ । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ ।