जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १३:१३

एकताको पक्षमा उभिए नेकपाका सांसद : गुटबन्दी त्यागेर ७० सांसदले गरे हस्ताक्षर


काठमाडौं, साउन २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टी एकता जोगाउनका लागि भन्दै हस्ताक्षर संकलन गरेका छन ।सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, कृष्ण दाहाललगायतका सांसदहरुको अगुवाइमा एकताको पक्षमा ७० जना सांसदले हस्ताक्षर गरेका हुन ।

पार्टी नेतृत्व र नीतिको रक्षाको पक्षमा उभिदै सांसदहरुले हस्ताक्षर संकलन गरेका हुन । संकलन गरेको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । पार्टी एकताको पक्षमा दवाव दिने हस्ताक्षर संकलन गरेका सांसदहरुले आजै दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्न लागेका छन ।

पत्रकार सम्मेलन पश्ताच पार्टी एकतालाई बचाउनु पर्ने आफूहरुका रायसहति सांसदको हस्ताक्षर पार्टीका दुवै अध्यक्षलाई बुझाइने भट्टराईले जानकारी दिनुभयो ।