जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १६:२९

काठमाडौं उपत्यकाका ४४ जनामा कोरोना पुष्टि


काठमाडौं, साउन २६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ४४ सहित ३३८ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा ३६, ललितपुरका ४ र भक्तपुरका ४ जनालाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ३७ वटा प्रयोगशालामा ८४३२ जनाको पिसिआर परिक्षण गरिएकोमा ३३८ जनामा कोरोना संक्रमण देखिएको हो । हाल नेपालमा कोरोना संक्रमित संख्या २३३१० पुगेको छ । त्यस्तै २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।